नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


अपराध समाचार बिस्तारमा >>

राजधानीमा गोली चल्यो

१८ फागुन, काठमाण्डौ । राजधानीको लाजिम्पाटमा मंगलबार साँझ भरतपुर मेडिकल कलेजका सञ्चालक नागेन्द्र पाम्पडलाई लक्षित गरी गोली प्रहार भएको छ ।

मोटरसाइकलमा आएका अज्ञात हतियारधारी समुहले लाजिम्पाटस्थित होटल सांगि्रला अगाडि पाम्पडलाई लक्षित गरी गोली प्रहार भएपनि उहाँ बाँच्न सफल हुनुभएको छ । हतियाधारी समुहले चलाएको गोली लागि पाम्पड सवार बा६च ९९९९ गाडीमा क्षति पुगेको छ । घटनापश्चात अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यसअघि  हिजो सोमबार मात्रै जनकपुरमा सञ्चार उद्यमी तथा व्यवसायी अरुण सिंघानियाका अज्ञात हतियारधारी समुहले गोली हानी हत्या गरेको थियो ।

यसअघि एक महिना अघि मात्रै राजधानीमा सञ्चार उद्यमी जमिम शाहको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको थियो ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145630 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.