अपराध समाचार बिस्तारमा >>
गोली प्रहारबाट युवक घाईते
१ असार, सिराहा । अज्ञात समुहले सिराहाको राजपुरमा गएराति गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन् । घाईते हुनेमा राजपुर ३ का २० वर्षीय महेश्वर यादव रहेको प्रहरीले जनाएको छ ।
दाहिने खुट्टामा गोली लागेका यादवको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घर नजिकै रहेको आँप बगैचामा बसेका यादवलाई राति पौने ११ बजे आएको समुहले गोली प्रहार गरेको हो । गोली प्रहार गर्ने समुह फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।