आर्थिक समाचार बिस्तारमा >>
ग्यास बिक्रीवितरण सुरु
१९ फागुन, काठमाडौं । एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले खाना पकाउने ग्यास -एलपीजी)को बिक्रीवितरण र आपूर्ति बुधबारदेखि खुला गरेका छन् । नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघ तथा ग्यास बिक्रेता महासंघबीच विगत ४ दिनदेखि भएको बार्ता मंगलबार निष्कर्षमा पुगेपछि ग्यासको बिक्रीवितरण खुल्ला भएको हो ।
नेपाल आयल निगम र संघ तथा महासंघका प्रतिनिधिबीच मंगलबार भएको बार्तामा निगमले मासिक रुपमा १७ हजार मेट्रिक टन ग्यास आपूर्तिको व्यवस्था मिलाउने र एक वर्षसम्म निगमलाई निजीकरण नगर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी व्यवसायीले ग्यासको तेस्रो पक्ष विमा गराउनुपर्ने माग राख्दै आएकोमा निगमले सो माग एक महिना भित्र पूरा गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
संघ र महासंघले विभिन्न ६ बुँदे माग राखी गत विहीबारदेखि ग्यास बिक्रीवितरण बन्द गर्दै आएका थिए । निगमका नायब कार्यकारी निर्देशक बच्चुकुमार काफ्लेले व्यवसायीका सबै माग पूरा गरिएकाले ग्यासको आपूर्ति बुधबारदेखि सहज हुने बताउनुभयो ।
संघका महासचिब सुरेश प्रजापतिले ग्यासको ढुवानीमा केहीसमय लाग्ने भएकाले आइतबारदेखि उपभोक्ताले मागेजति ग्यास पाउने बताउनुभयो ।
Total Comments :0
|