नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


आर्थिक समाचार बिस्तारमा >>

कोरियाली भाषा परीक्षा फारम खुला

१ असार, काठमाडौं । दक्षिण कोरियामा जाने कामदारका लागि लिइने कोरियाली भाषा परीक्षाको फारम मंगलबारदेखि खुलेको छ । सरकारी कोटामा कोरियामा काम गर्न जानेले अनिबार्य भाषा परीक्षा पास हुनुपर्छ ।

फारम भर्ने युवाहरुको उल्लेख्य संख्या रहेकोले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुझ्ने व्यवस्था मिलाइएको छ । आवदेन गर्ने व्यक्तिले ग्लोबल बैंकमा प्रतिव्यक्ति १२ सय ७५ रुपैयाँ बुझाएको भौचर पेस गर्नुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । फारम लिने र बुझाउने काम विहान नौं बजेदेखि बेलुका ६ बजेसम्म जारी रहनेछ  ।

२०२८ भदौ १४ देखि २०४९ भदौ १३ गतेभित्र जन्मिएका व्यक्तिले फारम भर्न पाउनेछन् । फारम भर्ने अन्तिम म्याद आउँदो चार गतेसम्म तोकिएको छ । त्यसपछि भदौ १२ र १३ गते भाषा परिक्षा लिइनेछ । आवेदकको संख्या बढी भए भाषा परीक्षाको समय दुई दिनबाट बढाउन सकिने विभागका महानिर्देशक सापकोटाले बताउनुभयो । परीक्षामा २ सयमध्ये ८० भन्दा बढी अंक ल्याउनेहरुमध्येबाट करिब चार हजार जना छानिनेछन् । परीक्षा व्यवस्थापनको जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिइएको छ ।

विगतको अनुभवको आधारमा यसपटक ४० देखि ५० हजारले आवेदन दिने अनुमान नेपालमा रहेको रोजगार अनुमति प्रणाली -इपिएस) कार्यालयले गरेको छ ।

पहिलो चरणमा छनोट भएका ६ हजार ५ सय ८६ मध्ये ६ हजार ४४ जनाको श्रम सम्झौता भइसकेको छ । तीमध्ये ३ हजार ९ सय ३६ कामदार कोरिया पुगिसकेका छन् । थप कामदार छनोटका लागि भाषा परीक्षा लिने क्रममा यो फारम खुला गरिएको हो ।



Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145601 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.