राजनीतिक समाचार बिस्तारमा >>
सहमति भए १० दिनमै संविधान : गच्छदार
२६ माघ, घोराही । उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारले प्रमुख दलहरुबीच सहमति भए दस दिन भित्रै संविधान जारी हुने बताउनु भएको छ । जसरी भएपनि आगामी जेठ १४ गते भित्रै संविधान जारी गर्नुपर्ने भन्दै उहाँले संविधानसभाको समय थप्न नहुने बताउनुभयो ।
पत्रकार महासंघ दाङले मंगलबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा गच्छदारले भन्नुभयो, 'माओवादी, काङ्ग्रेस र एमालेबीच सहमति भए ८/१० दिनमै संविधान जारी हुन्छ ।'
संबिधान निर्माणका लागि अझै ३ महिना बढी समय भएकाले समय थप्ने कुरा भन्दा पनि कसरी छिटो संबिधान निर्माण गर्ने भन्नेतर्फ ठूला दलहरु जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । सबै विषयगत समितिहरुले प्रतिवेदन तयार पारिसकेको र अब संबिधान लेख्ने काम मात्रै बाँकी रहेकाले संबिधानसभाको समय थप्ने कुरा कसैले पनि गर्न नहुने उहाँको भनाई थियो ।
प्रधानमन्त्री र मधेसवादी दलहरुको सहभागिताबिना बनेको संयन्त्र अपूरो भएकाले यसले राष्ट्रिय समस्या समाधानमा बाधा पुर्याउने मन्त्री गच्छदारको दावी छ ।
Total Comments :0
|