राजनीतिक समाचार बिस्तारमा >>
मन्त्री र सभासदबीच झण्डै हात हालाहाल
१ असार, बारा । बाराको गढीमाई मन्दिरको पूर्वाधार निर्माणका लागि सरकारले उपलब्ध गराएको बजेटका विषयमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवान र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद प्रमोद गुप्ताबीच मंगलबार विहान तीव्र विवाद भएको छ ।
बाराको सदरमुकाम कलैयास्थित एभरेष्ट लजमा बारा क्षेत्र नं. ३ का सभासद गुप्तासँगै गएका युवाहरुले फोरम लोकतान्त्रिककी सभासदसमेत रहेकी सहायकमन्त्री पासवानका कार्यकर्ता सुरेश गुप्तालाई हातपातसमेत गरेका छन् ।
गढीमाई मन्दिर पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयले २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । मन्त्री पासवानको मिलोमतोमा पर्यटन विकास समिति बाराका सदस्यसमेत रहेका गुप्ताले रकम हिनामिना गरेको आरोप लगाइएपछि विवाद भएको हो । सो क्रममा सहायकमन्त्री पासवान र सभासद गुप्ताबीच निकैबेर चर्काचर्की परेको थियो ।
पासवानले गुप्ता समर्थकले आफूमाथि दुर्व्यवहार गरेको बताउनु भएको छ ।
Total Comments :0
|