नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


राजनीतिक समाचार बिस्तारमा >>

न्युज प्रीन्ट तत्काल छुटाऊ : लेखा

११ असार, काठमाडौं । ब्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिले कान्तिपुर पब्लीकेशनको पत्रिका छाप्ने कागज (न्युज प्रीन्ट) छुटाउनका लागि तत्कालै पहल थाल्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले परराष्ट्रमन्त्री, वाणिज्य मन्त्री र ति मन्त्रालयका सचिबसँग कागज रोकिनुको कारणबारे सोधपुछ गरी यस्तो निर्देशन दिएको हो । परराष्ट्रमन्त्री सुजाता कोइराला देशबाहिर रहेकोले कार्यबाहकको जिम्मेवारी सम्हालेका उर्जामन्त्री डा. प्रकाशशरण महत उपस्थित हुनुहुन्थ्यो । समितिमा उपस्थित मन्त्रीहरुले भने सानोतिनो घटनामा दुई देशको सम्बन्ध बिगार्न नहुने भन्दै भारतीय कदमको बचाउ गरेका छन् ।

उर्जामन्त्री डा. महतले मनोगत रुपमा नबोल्न आग्रह गर्दै दुई देशको सम्बन्ध बिगार्ने गरी सानातिना घटनालाई उचाल्न नहुने बताउनुभयो ।

सभासद्हरुले भारतले नियतवश कागज रोकेको विषय उठाउँदा आक्रोशित बनेका वाणिज्य मन्त्री राजेन्द्र महतोले शंकाका भरमा जे पायो त्यही नबोल्न आग्रह गर्नुभयो ।

२९ दिन यता कलकत्ता बन्दरगाहमा १ हजार मेटि्रक टन कागज रोकेपछि कान्तिपुरले आजदेखि नियमित परिशिष्टांकहरु छाप्न बन्द गरेको छ ।

आजको बैठकमा सभासद दीपकुमार उपाध्याय डा. प्रकाशचन्द्र लोहनी लगायतले भारतले आफ्नो इच्छाविपरीत काम नगरेको भन्दै प्रेस स्वतन्त्रता नै कुण्ठित हुनेगरी कागज रोक्नु दुर्भाग्यपूर्ण भन्दै तत्कालै कागज छुटाउन नसके सरकारको लाचारी ठहरिने बताउनुभयो ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145607 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.