समाजिक समाचार बिस्तारमा >>
पहाडी जिल्लामा भारी हिमपात
२६ माघ, रुकुम । पश्चिमी वायुको प्रभावका कारण नेपालको सदूरपश्चिमी पहाडी जिल्लामा भारी हिमपात भएको छ । गएरातिदेखि डडेलधुरा, बैतडि, बाजुरा, हुम्ला, जुम्ला, मुगु, बझाङलगायत जिल्लामा बाक्लो हिउँ जमेको छ । जुम्लाबाट खाद्यान्न लिएर मुगुतर्फ हिँडेका खच्चडहरु बाक्लो हिमपातका कारण बाटोमै रोकिएका छन् । जुम्लामा हवाईसेवा, विद्युत र सन्चार अबरुद्ध भएका छन् ।
'तीन दिनसम्म वर्षा जारी'
काठमाडौं उपत्यकालगायत मुलुकभर मंगलबार विहानैदेखि पानी परेपछि मौसम चिसो भएको छ । मौसमविदहरुका अनुसार पानी पर्ने क्रम तीन दिनसम्म जारी रहने छ । सामान्यतः माघ महिनामा पानी पर्ने गरेपनि विगत दस वर्षदेखि नियमित हिउँदे वर्षा नभएको अवस्थामा आज पानी पर्नुलाई सुखद मान्नुपर्ने मौसमविदहरुको भनाई छ ।
रुकुमको हवाइ र स्थल सेवा अबरुद्ध
गएरातिदेखि परेको अविरल वर्षाका कारण राप्ती लोकमार्गअन्तर्गत रुकुम-सल्यान सडकखण्ड अबरुद्ध भएको छ । वर्षातले सडक चिप्लो भएपछि सम्पूर्ण यातायातका साधनहरु सदरमुकाम मै थन्किएका छन् । यातायात सेवा अवरुद्ध भएपछि रुकुमबाट दाङ, नेपालगन्ज, काठमाडौंलगायत स्थानमा जाने यात्रुहरु सदरमुकाम खलङ्गामै बस्न बाध्य छन् । वर्षातकै कारण रुकुमको हवाइसेवा पनि प्रभावित भएको छ । रुकुमको सल्ले एयरपोर्ट वरपर बाक्लो हुस्सु लागेकोले हवाईसेवा बन्द भएको हो ।
Total Comments :0
|