नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


समाजिक समाचार बिस्तारमा >>

दलितबस्तीमा दादुराको प्रकोप

१९ फागुन, मार्तडी । बाजुराको कैलाशमाण्डौ गाविसको खिरपाटास्थित दलितबस्तीमा दादुराको प्रकोप फैलिएको छ । औषधि र स्वास्थ्यकर्मीको अभावमा आठ बर्षिय बालक दिलबहादुर नेपालीको मृत्यु भएको छ ।

सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा पर्ने प्रभावित क्षेत्रमा दादुराको प्रकोपबाट सबै बालबालिका थला परेका छन् । स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधि नभएपछि ६० घरपरिवार रहेको दलितबस्तीका बालबालिकाले उपचार पाएका छैनन् ।

बालबालिका थलिएपछि स्थानीय मन्टेश्वरी माविमा प्रावि तहको पठनपाठन बन्द गरिएको छ । १ सय ४५ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा प्रावि तहका ६० जना बालबालिका प्रभावित भएका प्रधानअध्यापक पदमबहादुर शाहीले बताउनुभयो ।

दादुराको प्रकोपबारे स्थानीयबासीले खबर गरेपछि बुधबार विहान औषधिसहित स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिनुभयो ।



<< Previous Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145640 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.