समाजिक समाचार बिस्तारमा >>
दुर्घटनामा दुई जनाको मृत्यु
१ असार, विराटनगर । मोरङ र सप्तरीमा मंगलबार विहान सवारी दुर्घटनामा एक बृद्धासहित दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलवारी-९ मा हिजो स्कुटरको ठक्करवाट गम्भिर घाईते एक बृद्धाको मंगलबार विहान उपचारको क्रममा मृत्यु भएको छ । स्कुटरको ठक्करवाट घाईते भएकी मोरङ शनिश्चरे १ की ८३ वर्षीया सविता लिम्बुको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा विहान ५ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको कदमाहा-गाईघाट सडकखण्डअन्तर्गत सप्तरीको दौलतपुर-१ मा मंगलबार विहान भएको मोटरसाइकल दुर्घटनामा सप्तरी त्रिकोल-५ का राजकुमार साहको मृत्यु भएको छ ।
कदमाहाबाट गाईघाट जाँदै गरेको स २ प २७ ५० नम्बरको मोटरसाइकल सडकको कल्भर्टमा ठक्कर खाई दुर्घटना हुँदा साहको घटनास्थलमै मृत्यु भएको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Total Comments :0
|