नयाँ नेपालका लागि नयाँ सञ्चार, जनताका लागि रेडियो
आवाजविहीनहरुको आवाज
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज


खेलकुद समाचार बिस्तारमा >>

जापान र नेदरल्याण्ड विजयी

१ असार, काठमाडौं । १९ औं विश्वकप फुटबल प्रतियोगितामा हिजो जापान र नेदरल्याण्ड बिजयी हुँदा मंगलबार विहान सम्पन्न इटाली र पाराग्वेबीचको खेल बराबरीमा सकिएको छ । हिँजो बेलुका भएको समूह ई को पहिलो खेलमा नेदरल्याण्डले युरोपियन राष्ट्र डेनमार्कमाथी २-० गोलको जित दर्ता गर्‍यो । उसका लागि पहिलो गोल डेनमार्कका सिमोन पाउलोसनले आत्मघाति गरे भने दोस्रो गोल स्ट्राइकर क्युटले गरे । नेदरल्याण्डको दुवै गोल दोस्रो हाफमा भएका हुन् ।

त्यस्तै फि्रस्टेट रंगशालामा हिँजो भएको दोस्रो खेलमा जापानले क्यामरुन माथि १-० गोलले जित दर्ता गदै एसियाबाट बिजेता बन्ने दोस्रो राष्ट्र बन्यो । यसअघि एसियाको दक्षिण कोरियाले गि्रसलाई पराजित गरेको थियो ।

समूह ई को दोस्रो खेलमा जापानका लागि १ मात्र निर्णायक गोल ३९ औं मिनेटमा केसुके होन्डाले गरे । उनले मास्टुईको लामो क्रस पासमा डिबक्सबाट गोल गरेका थिए ।

यसैगरि मंगलबार विहान सम्पन्न खेलमा यस वर्षको उपाधीको दावेदार मानिएको इटालीलाई पाराग्वेले १-१ को बराबरीमा रोकेको छ । केही समय पाराग्वेलाई दवावमा राखेपनि इटालीले अंक बाँड्न बाध्य भयो । दवावमा रहेको पाराग्वेका लागि ३९ औं मिनेटमा हेडिङमार्फत् अल्काराजले गोल गर्दै आफ्नो टिमलाई पहिलो हाफसम्म अग्रता दिलाए ।

आक्रामक शैलीमा देखिएको इटालीका लागि भने कर्नर किकबाट पाएको बललाई दिरोशीले ६३ औं मिनेटमा जाली चुमाएपछि खेल बराबरीको स्थितिमा पुग्यो । इटालीका खेलाडीको प्रहारलाई पाराग्वेका गोलकिपरले पटक-पटक विफल तुल्याई दिएका थिए ।

प्रतियोगिताअन्र्तगत मंगलबार पनि तीन खेल हुँदैछन् । साँझ सवा पाँच बजे हुने पहिलो खेलमा न्युजिल्याण्ड र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै राति पौने आठ बजे हुने दोस्रो खेलमा आईभरिकोष्टविरुद्ध पोर्चुगल तथा राति सवा १२ बजे हुने तेस्रो खेलमा पाँचपटकसम्म विश्वकप विजेता ब्राजिलविरुद्ध उत्तर कोरिया भिड्नेछन् ।



Next »

Total Comments :0


Leave a Comment

(Name Required *)
(Mail Required * Will not be published)
(Website)







FOR Advertisement Please contact Radio Mirmire for details.

 
Powered by: SanTech Services Pvt. Ltd. Mechi-Kali Communication Pvt. Ltd.
Radio Mirmire 89.4 MHz
Post Box: 26165, Phone: 01-4771228, Fax: 01-4770058
Anamnagar Kathmandu, Nepal
Total Page Hits 145596 since June 2009
© 2009 Radio Mirmire.All Rights Reserved.